मुख्यमन्त्री पुरुष भलिबल प्रतियोगिता माघमा

हल्कारो समाचार

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा आगामी माघ १४ गतेदेखि तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा हुन लागेको हो । महेन्द्रनगरमा आज आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले भलिबलको विकास र विस्तार गर्ने उद्देश्यले मुख्यमन्त्री कप हुन लागेको जानकारी दिनुुभयो ।

प्रतियोगिताको विजेता टोलीले रु चार लाख पुरस्कार प्राप्त गर्ने उहाँले बताउनुभयो । सदस्य सचिव सिंहका अनुसार प्रतियोगितामा दोस्रो हुने टोलीले रु दुई लाख तथा तेस्रो हुने टोलीले रु एक लाख पुरस्कार प्राप्त गर्ने छ । उक्त प्रतियोगितामा सात प्रदेशका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली सहभागी हुने छन् ।

“प्रतियोगितामा सहभागी टोलीको यातायात, आवास, खानपिनलगायत व्यवस्था परिषद्ले गर्नेछ”, प्रदेश सदस्य सचिव सिंहले भन्नुभयो, “प्रतियोगिताको समन्वय तथा व्यवस्थापन कञ्चनपुर जिल्ला भलिबल सङ्घले गर्नेछ ।” प्रतियोगिगतामा कूल एक सय ७२ खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा नेपाल भलिबल सङ्घका केन्द्रीय अध्यक्ष जितेन्द्रबहादुर चन्द, राष्ट्रिय भलिबल टोलीका पूर्वकप्तान भरत शाह, कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुबेर खड्का, जिल्ला भलिबल सङ्घका अध्यक्ष श्यामसिंह मौनी, जिल्ला भलिबल सङ्घका पूर्व अध्यक्ष मोहन थापालगायत उपस्थित हुनुहुन्थ्यो ।

सेयर गर्नुहोस्

सम्बन्धित समाचार

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षसहित १८ पदमा निर्वाचन हुँदै, सात जना निर्विरोध

उपचारको रकम तिर्न नसक्दा चितवनको अस्पतालमै छन् दुर्गाप्रसाद

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ढिस्को भत्काउने कामले गति लियो

फुड फेस्टिबलको आज अन्तिम दिन, सुप्रिम मल्ल र भुवन प्यासीलगायत आउने

ऋण खोजेर उपचार गर्दै हात्तीपीडित घाइते

‘रिभरगाइड’ मजदुरद्वारा पारिश्रमिक वृद्धि गर्न माग