‘रिभरगाइड’ मजदुरद्वारा पारिश्रमिक वृद्धि गर्न माग

हल्कारो समाचार

चितवन । जलयात्रामा आश्रित मजदुर (रिभरगाइड)ले पारिश्रमिक बढाउनुपर्ने माग गरेका छन् । उनीहरुले कम्तीमा दैनिक ज्याला तीन हजार हुनुपर्ने माग गरेका हुन् । चितवनको इच्छाकामना–३ फिस्लिङमा सम्पन्न हिमालयन रिभरगाइड एसोसिएसन (हर्गान)को १५औँ साधारणसभाले कम्तीमा रिभरगाइडको दैनिक पारिश्रमिक रु तीन हजार हुनुपर्र्ने निर्णय समेत गरेको छ । हर्गानका उपाध्यक्ष डोलबहादुर गुरुङले अनुसार जलयात्रा मजदुरले हाल दैनिक ज्याला रु दुई हजार पाँच सय पाउँदै आएका छन् ।

साथै साधारणसभाले धेरै दिनको यात्रामा जान परेमा रिभरगाइडको दैनिक ज्याला रु चार हजार हुनुपर्ने माग गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । काममा लामो समय खटिनुपर्ने भएकाले हाल पाइरहेको दैनिक पारिश्रमिक कम भएको उनीहरुको भनाइ छ । लामो समयदेखि रिभरगाइडको काम गर्दै आउनुभएका चितवनका मिलन गुरुङले बिहानदेखि राति अबेरसम्म खटिनुपर्ने भएकाले हाल जलयात्रा पर्यटन व्यवसायीहरुले उपलब्ध गराउँदै आएको पारिश्रमिकमा वृद्धि गर्नुपर्ने आफूहरुको माग रहेको बताउनुभयो ।

उहाँले भन्नुयो, “पर्यटकलाई बिहानदेखि बेलुका अबेरसम्म समय दिनुपर्ने हुन्छ, दिनभर जलयात्रा (राफ्टिङ गराएर होटलसम्म पु¥याउनुपर्ने हुन्छ, सधैँ काम हँुदैन ‘सिजन’मा मात्र हुने कमाईले दैनिक गुजारा चलाउनसमेत कठिन हुन्छ ।” त्रिशूली नदीमा निर्माणाधीन सुपर त्रिशूली हाइड्रो पावर निर्माण रोक्न पनि रिभरगाइडले माग गरेका छन् । सो स्थानमा बन्ने हाइड्रो पावरले त्रिशूली नदीको जलयात्रामा आश्रित स्थानीय ७० जनाभन्दा बढीको रोजगारी नै गुम्ने रिभरगाइड गुरुङको भनाइ छ ।

साथै सो आयोजनाका कारण एक सय ५० भन्दा रिभरगाइडको रोजगारीमा असर पुग्ने उहाँको भनाइ छ । जलयात्राका लागि विश्वमै उत्कृष्ट मानिने त्रिशूली नदीको सौन्दर्यता बिग्रनाका साथै जलयात्रा व्यवसायी र त्यसमा आश्रित मजदुरको रोजीरोटी खोसिने हर्गानको ठहर छ । त्रिशूली नदी बचाउनका लागि सम्बन्धित निकायमा खबरदारी गर्नेलगायत सङ्घर्षका कार्यक्रमहरु गर्ने जनाएको छ । यसअघि पनि जलयात्रा मजदुर र व्यवसायीले विरोधस्वरुप राजमार्गमा पदयात्रा गरेका थिए ।

सेयर गर्नुहोस्

सम्बन्धित समाचार

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षसहित १८ पदमा निर्वाचन हुँदै, सात जना निर्विरोध

उपचारको रकम तिर्न नसक्दा चितवनको अस्पतालमै छन् दुर्गाप्रसाद

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ढिस्को भत्काउने कामले गति लियो

फुड फेस्टिबलको आज अन्तिम दिन, सुप्रिम मल्ल र भुवन प्यासीलगायत आउने

ऋण खोजेर उपचार गर्दै हात्तीपीडित घाइते

‘रिभरगाइड’ मजदुरद्वारा पारिश्रमिक वृद्धि गर्न माग