फुड फेस्टिबलको आज अन्तिम दिन, सुप्रिम मल्ल र भुवन प्यासीलगायत आउने

हल्कारो समाचार

चितवन । होटल व्यवसायी संघ चितवनको आयोजनामा नारायणगढको क्याम्पाचौरमा जारी रैथाने फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रमको आज समापन हुँदै छ । फुड फेस्टिबलको आज साँझ ५ बजे होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले समापन गर्ने कार्यक्रम छ ।

पुस १४ गतेदेखि सुरु भएको फुड फेस्टिबलमा हिजो (मंगलवार)सम्म २५ हजार भन्दा बढी दर्शक पुगेको होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले जानकारी दिए । आज अन्तिम दिन अवलोकनकर्ताको अत्यधिक सहभागी रहने अपेक्षा गरिएको छ । पुस १५ र १६ गते टिकटको व्यवस्था गरिएको थियो भने अन्य दिन निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उनले बताए । फुड फेस्टिबलमा आज बालकलाकार सुप्रिम मल्ल, कलाकारहरु अन्नु चौधरी, भुवन प्यासी लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने उनले जानकारी दिए ।

फुड फेस्टिबल तथा सांस्कृतिक कार्यक्रममा दैनिक राष्ट्रिय र स्थानीय चर्चित कलाकार एवम् व्याण्डले प्रस्तुती दिँदै आएका छन् । यहाँ साना ठूला गरी ३९ वटा स्टल रहेका छन् । फुड फेस्टिबल सकिएपछि आर्थिक हिसाब किताव सार्वजनिक गरिने आयोजक होटल व्यवसायी संघले जनाएको छ । आर्थिक मन्दीका कारण होटल व्यवसाय क्षेत्र पनि धरासायी भइरहेको अवस्थामा यस फुड फेस्टिबलले व्यवसायीमा उर्जा थप्ने र आर्थिक गतिविधि बढाउने अपेक्षा गरिएको छ ।

फुड फेस्टिबलको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी, सह प्रायोजकमा नेपाल लिक्कर्स र टिकट सौजन्यमा यति डिष्ट्रिलरी रहेका छन् भने हस्पिटालिटी पार्टनरमा ग्यालेक्सी गार्डेन रिसोर्ट र होटल ह्याप्पी होम रहेका छन् ।

सेयर गर्नुहोस्

सम्बन्धित समाचार

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षसहित १८ पदमा निर्वाचन हुँदै, सात जना निर्विरोध

उपचारको रकम तिर्न नसक्दा चितवनको अस्पतालमै छन् दुर्गाप्रसाद

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ढिस्को भत्काउने कामले गति लियो

फुड फेस्टिबलको आज अन्तिम दिन, सुप्रिम मल्ल र भुवन प्यासीलगायत आउने

ऋण खोजेर उपचार गर्दै हात्तीपीडित घाइते

‘रिभरगाइड’ मजदुरद्वारा पारिश्रमिक वृद्धि गर्न माग